neapl investment mega bank

एकै परिवारका तीनसहित चार जनाको हत्या

Sep 16th, 2023

काठमाडौं, भदाै ३०

काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ ।

गैरीगाउँस्थित दिव्य सः मिलभित्र खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा चारजनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव फेला परेको जानकारी दिए । 

मृत्यु हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा सुमित्रा भुजेल रहेका छन् । यस्तै मोरङका १९ वर्षका नवीन राईको मृत्यु भएको छ ।

घटनाको अनुसन्धानका क्रममा सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए ।

अहिले घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली परिचालन गरिएको छ ।