ललितपुर, भदाै २४
गोदावरी नगरपालिका-३ गाेदावरीका सुकुम्वासीहरुलाई निस्सा वितरण गरिएको छ ।
भूमि आयोग जिल्ला समिति ललितपुरले गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, वडा ३ का अध्यक्ष राज घिमिरे, जनप्रतिनिधि र कर्मचारीकाे उपस्थितिमा गाेदावरीका १५५ जना भूमिहीन सुकुम्वासीहरुलाई निस्सा वितरण गरेको हो ।
सो अवसरमा नगरप्रमुख गजेन्द्र महर्जनले भूमि आयोगसँगको समन्वयमा नगरपालिकाभित्रका सबै सुकुम्वासीलाई निस्सा गर्दै आवश्यक प्रक्रिया पूरा गरी जग्गाको लालपुर्जा वितरण गर्ने बताए ।
