ललितपुर, भदौ २०
गोदावरी नगरपालिका १४ बाडेगाउँमा आजबाट श्रीमद् भागवत विराट ज्ञान महायज्ञ सुरु भएको छ । बाँडेगाँउस्थित ‘मामाघर’ अनाथालयमा अनाथ वालवालिकाहरुको सहयोगार्थ धार्मिक महोत्सवको रुपमा महायज्ञ आयोजना गरेको हो ।
आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले महायज्ञको उद्घाटन गरेका हुन् । मन्त्री भण्डारीले अनाथालय आश्रमलाई रु एक लाख ११ हजार दान गरेका छन् । आश्रमले आजदेखि सुरु गरेको विराट ज्ञान महायज्ञको उद्घाटन गर्ने क्रममा उनले आफ्नी स्वर्गीय आमाको नाममा अनाथालयलाई सो रकम दान गरेका हुन् ।
गोदावरी कुण्डबाट आज विहान ७ बजे कलशयात्रा गरेका थिए । यस महायज्ञको कथाबाचन गरिमा उपाध्याय र उमा महेश्वरीले गर्नेछन् ।
अभिभावकविहिन अनाथ तथा आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकाहरूलाई निःशुल्क रूपमा गास, वास, कपास, स्वास्थ्य र शिक्षा प्रदान गर्दै आईरहेको मामाघर अनाथालय आश्रमको लागि श्रीमद् भागवत विराट ज्ञान महायज्ञ आज भाद्र २० गते देखि भाद्र ३० गते सम्म आयोजना हुने छ ।
गोदावरी नगरपालिका एंवम ललितपुरवासीलाई महायज्ञ पुर्व विभिन्न कार्यक्रम गरेर दानविर र भक्तजनलाई आमन्त्रण गरिएको छ ।