ललितपुर, भदाै १८
श्रीमद् भागवत विराट ज्ञान महायज्ञको पुर्वसन्ध्यामा आयोजित शान्ति पद यात्रा गरिएका छन्।
मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर, नेपाल गोदावरी क्षेत्र बाँडेगाउँमा श्रीमद भागवत विराट ज्ञान महायज्ञकाे पद यात्रा गरेकाे हाे ।
अभिभावकविहिन अनाथ तथा आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकाहरूलाई निःशुल्क रूपमा गास, वास, कपास, स्वास्थ्य र शिक्षा प्रदान गर्दै आईरहेको मामाघर अनाथालय आश्रमको लागि श्रीमद् भागवत विराट ज्ञान महायज्ञ भाद्र २० गते देखि भाद्र ३० गते सम्म गोदावरी १४ बाँडेगाउँमा आयोजना हुन लागेकाे छ।
