काठमाडौं, भदौ १४
नेपालको चुच्चे नक्सा नसमेटेको भन्दै काठमाडौं महानगरका मेयर बालेन शाहले चीन भ्रमण रद्द गरेका छन । चीनले सार्वजनिक गरेको आफ्नो नक्सामा चुच्चे नक्सा हटाएकोमा विरोध जनाउदै चीन भ्रमणमा नजाने निर्णय गरेका हुन ।
‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलता माथि चालेको गलत कदम मानेका छौ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु’बालेनले सामाजिक सञ्चालमा स्टाटस लेखेका छन् ।
चीनको निमन्त्रणामा मेयर साह ५ दिने भ्रमणमा चीन जाँदै थिए ।