neapl investment mega bank
  • गृहपृष्ठ
  • जबरजस्ती करणी अभियोगमा ५२ वर्षीय एक पुरुष पक्राउ

जबरजस्ती करणी अभियोगमा ५२ वर्षीय एक पुरुष पक्राउ

Aug 29th, 2023

काठमाडौं, भदाै १२

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं नरेफाट बस्ने ईलाम, ईलाम नगरपालिका-९ घर भएका ५२ वर्षीय सूर्य बहादुर भण्डारी रहेका छन् । 

ती किशोरीलाई भण्डारीले सूर्यबिनायक नगरपालिका-९ पलासेस्थित रिसोर्टमा आइतबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो ।

सोही उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई सोमबार साँझ पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।