काठमाडौं, भदाै ११
काठमाडौं महानगरपालिकाले सडकमा निर्माण सामाग्री राखेको भन्दै २५ हजार रुपैयाँ जरिवाना गरेको छ । काठमाडौं महानगरपालि-९ को रातोपुलमा सडकमै निर्माण सामग्री राखेर अवरुद्ध गरेको भन्दै महानगर प्रहरीले जरिवाना तिराएको हो ।
महानगरपालिकाले स्थानीय रामकुमार थापालाई प्रशासनिक दण्ड जरिवाना स्वरुप रकम तिराइएको जनाएको छ । त्यस्तै महानगरपालिकाले सडकमा फोहोर फाल्ने, खुल्ला स्थानमा आगो बाल्नेलगायतमा पनि जरिवाना गर्दै आएको छ ।