neapl investment mega bank

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

Aug 27th, 2023

काठमाडौं, भदाै १०

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य स्थिर कायम भएको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५५० रुपैयाँ छ ।

सुनको मूल्य स्थिर कायम भएपनि आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

यससँगै आज चाँदीको मूल्य तोलामा १४ सय ६५ रुपैयाँ कायम छ ।