काठमाडौं, भदौ ९
हाम्रो मुलुकलाई २००७ सालभन्दा अगाडि न विदेशी ऋण थियो न हाम्रो जमिन नै छिमेकी मुलुक भारत र चीनले कब्जा गरेको थियो । त्यतिबेला हामी नेपाली जुनसुकै जात, भाषा, समुदायको भएनि मिलेर बस्थ्यौं । दुःखसुख गरेर घरपरिवार चलाउँन्थ्यौं । त्यतिबेला विश्वमा नेपाल र नेपालीको छुट्टै इज्जत र प्रतिष्ठा थियो । हामी नेपाली कहिल्यै कसैको अगाडि झक्दैँनौं, बरु हाम्रो ज्यानै किन नजाओस् भन्ने कुरा विश्वले थाहा पाएको थियो । तर, जब राजनीतिक दलहरुले व्यवस्थामा परिवर्तन ल्याए, तब नेपालको अधिंकाश भूभाग भारत र चीनले कब्जा गप्यो । सँगै २३ खर्ब विदेशी ऋण समेत अहिले नेपाललाई लागेको छ ।
पछिल्लो समय मुलुकमा राजनीतिक परिवर्तन भएपछि राजनीतिक दलहरुले आफु सत्तामा आउनका निम्ति नेपालको भूमि भारत र चीनलाई त दिए नै सँगै नेपाल र नेपाली जनताको विश्वमा रहेको छुट्टै इज्जत, प्रतिष्ठा र गौरव समेत मेटाइदिए । अहिले प्रत्येक नेपालीको टाउकोमा ९० हजार विदेशी ऋण छ । विदेशी ऋणको साँवाब्याज तिर्न नसक्ने अवस्थामा सरकार पुगेको छ । राजा पृथ्वीनारायण शाहले एकीकरण गरेको नेपाललाई राजनीतिक दलहरुले टुक्रा टुक्रा बनाएर सात प्रदेशमा विभाजन गरे । अहिले प्रदेश प्रदेशको सीमानामा नेपाली नेपालीको झगडा सुरु भएको छ ।
यता, मुलुकको कानून र संविधानलाई नै टेकेर केही व्यक्तिहरुले हाम्रो राष्ट्रिय जनावर गाई, गोरु समेत काटेर खान थाले । यो घटनाबाट हाम्रो मुलुकमा विदेशी हस्ताक्षेप बढिसकेको स्पष्ट हुन्छ । पर्दाभित्र बसेर विदेशी मुलुकहरुले नेपालमा धर्मका आधारमा नेपाली नेपालीबीच झैझगडा र आन्दोलन गराउन खोजिरहेको कुरा प्रष्ट भइसकेको छ । आम सर्वसाधारणले अमेरिकी परियोजना एमसीसी पारित नगर्न पटक पटक माग गर्दा समेत सरकारले २०७८ फागुल्न १६ गते सदनबाट पारित गप्यो । एमसीसी पारित भएपछि अब नेपालमा शान्ति नहुने र नेपाली नेपालीबीच नै झैझगडा सुरु हुने भनेर बुढापाकाले भन्थे ।
जनताले एमसीसी पारित गर्नुहुन्न र अमेरिकासँग पैसा लिनुहुदैँन भनेर भन्दाभन्दै सरकारले एमसीसी पनि पारित गप्यो र अमेरिकासँग पैसा लिने बाटो पनि खुलायो । नेपाली कांग्रेसका सांसद गगन थापाले एमसीसी जसरी भएपनि पारित गर्नुपर्ने भन्दै अमेरिकी सेना नेपाल आएमा आफुलाई चार पाटा मोडेर थानकोट कटाउनु भनेका थिए ।
तर, उनलाई थानकोटभन्दा उता पनि नेपाल नै हो भनेर चाँहि थाहा भएनछ । अहिले अमेरिका सेना नेपाल आउने व्यापक हल्ला छ । अब जनताले उनलाई थानकोटबाट मात्र नकटाई देशबाटै लखेट्ने छन् । अहिले मुलुकमा एमसीसी पारित भएर अमेरिकी सेना नेपाल आउन थाल्दा, नेपाली नेपालीबीच धर्मका आधारमा झैंभगडा सुरु हुन थाल्दा समेत प्रधानमन्त्री प्रचण्ड, एमालेका अध्यक्ष केपी ओली र कांग्रेसका सभापति शेरबहादुर देउवालाई केही चासो छैन । २०५२ फागुल्न १ गते माओवादीले जनयुद्धको सुरुवात गप्यो । राजतन्त्र हटाउनका लागि गरिएको उक्त जनयुद्धमा गाईगोरु समेत काटेर खाइयो । यता, गरिब, अशिक्षित जनतालाई विभिन्न आश्वासन देखाएर आफ्नो पाटी भिञ्त्राइयो । आफ्नो पार्टी सरकारमा गएमा यो, त्यो गर्ने भनेर धेरै आश्वासन देखायो ।
माओवादीमै लागेका १७ हजार नेपाली जनता मारिए । कतिपय घाइते भए त कतिपय अंगभंग भए । यता, माओवादी वार्तामा आएपछि पार्टीमा लागेर घाइते भएका तथा अंगभंग भएकाको बिचल्ली भयो । ती घाइतेको न माओवादीले उपचार नै गरिदियो न रोजगारी नै दियो । रोजगारी नपाएपछि कतिपय त विदेशिन समेत बाध्य भए । यता, अंगभंग भएकाहरु अहिले पनि छटपटाइ रहेका छन् । उनीहरुसँग बिहानबेलुकाको छाक टार्ने पैसा छैन । घरपरिवार लथालिंग छ । राजनीतिमा लागेर केही गर्छु भनेर सोचेका उनीहरुको कदम राजनीतिमा टेक्न नपाई फिर्ता भयो ।
२०६५ सालदेखि २०८० सालसम्म माओवादी पार्टीका बाबुराम भट्टराई एक पटक र प्रचण्ड तीन पटक प्रधानमन्त्री बने । यता, प्रधानमन्त्री कांग्रेस र एमालेको भएपनि माओवादी पटक पटक सरकारमा सहभागी भयो । माओवादीका नेताहरु बारम्बार मन्त्री बने । तर, सरकारमा गएर पनि माओवादीले जनता र राष्ट्रको लागि केही गर्न सकेन । माओवादी पार्टीकै नेता प्रधानमन्त्री हुँदा पनि वा एमाले र कांग्रेसबाट प्रधानमन्त्री भएर माओवादी सहभागी हुँदा समेत माओवादीले केही गर्न सकेन । ४५ वर्षदेखि यातायात क्षेत्रमा भएको सिण्डिकेट अहिलेसम्म तोड्न सकेको छैन ।
यता, तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले खेतीयोग्य जमिनको कित्ताकाट गर्न नदिने तथा चार आना एक दामभन्दा मुनि कित्ताकाट गर्न नदिने भनेर गरेको निर्णय समेत उल्टाइयो । हिजो जनयुद्धको समयमा प्रचण्डले सबै जनतालाई उचाल्यो तर अहिले पछाडेको छ । जनयुद्धको समयमा दाउरा सुरुवाल लगाउने जनता मर्नुपप्यो तर आज प्रचण्ड आफैं दाउरा सुरुवाल लगाएर हिडिँरहेका छन् । माओवादीले जनयुद्धको समयमा चन्द्रा उठाउने समेत काम गप्यो । चन्द्रा दिनेलाई त छोड्दिन्थ्यो तर चन्द्रा नदिनेलाई आफ्नो पार्टीमालाग्न बाध्य बनाउँथ्यो । यसरी चन्द्राकै कारण अधिंकाश मानिसहरु गाउँ छोडेर सदमुकाम आउन बाध्य समेत भए । २०५२ सालभन्दा अगाडि काठमाडौं उपत्यकाभित्र तथा बाहिर प्रशस्तै खेतीयोग्य जमिन थियो ।
त्यतिबेला आनाको हजार रुपैयाँमा बिक्री नहुने जग्गा २०८० सालमा आनाकै ८० लाख पुगेको छ । अनि यो दलाली काम कसले गप्यो ? माओवादीले गाउँघरबाट लखेटेको तथा बैंकबाट लुटेको पैसा जग्गामै लगानी गरियो । यसले गर्दा जग्गाको मूल्य हवात्तै बढ्यो । खेतीयोग्य जमिन मासियो । अहिले आएर प्रचण्डले जनतालाई पनि गरिब बनाइदिएका छन् र देशलाई पनि खोक्रो । प्रचण्डले जनता जनता भिडाइदिए अनि आफु सत्तामा पुगे । आम सर्वसाधारण प्रचण्ड, केपी ओली, शेरबहादुर देउवालगायत कोहीले पनि देश र जनताको लागि काम गर्न नसक्ने बताउँछन् ।
यता, नयाँ पार्टी भन्दै उदाएका रवि लामिछानेलाई त जनता यीनैको पुच्छर भन्छन् । बेरोजगारीका कारण दिनहुँ हजारौं नेपाली जनता विदेशिएका छन् । पैसा हुनेहरु पनि आफ्नो देश छोडेर अमेरिका, अस्ट्रेलिया गएका छन् । हाम्रो मुलुकको ९० प्रतिशत जमिन घर र बाटो बनाएर सकिएको छ । भारतले प्याज निर्यातमा ४० प्रतिशत भ्याट लगाउँदा नेपालमा प्याजको मूल्य छोइनसक्नु भएको छ । बजारमा प्याजको मूल्य दिनानु बढिरहेको छ । जनताको भान्छा महंगिएको छ । त्यसैले, अब भारतले खाद्यान्न नपठाए नेपाली जनता भोकभोकै मर्नुपर्ने भनेर स्पष्ट भइसकेको छ । नेपाल खाद्यान्नमा आत्मनिर्भर छैन ।
२०३१–३२ सालमा नेपालले खाद्यान्न निर्यात गर्ने गथ्र्यो । कतिपय अवस्थामा अनुदान समेत दिन्थ्यो । तर, अहिले त अन्य मुलुकले नेपालमा खाद्यान्न नपठाए नेपाली जनता भोकभोकै मर्नुपर्छ । पछिल्लो समय मन्दीका कारण ६० प्रतिशत कोठा, फल्याट र सटर खाली भएका छन् ।
अधिंकाश मानिस बैंक तथा वित्तिय संस्थाको ऋणमा फसेका छन् । अहिले शेरबहादुर देउवालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल गएका बालकृष्ण खाँणलाई कसरी जेलमुक्त गराउने टेन्सन छ । यता, प्रधानमन्त्री प्रचण्डलाई सुनकाण्डमा कृष्णबहादुर मोहरालाई कसरी जोगाउन चिन्ता छ त केपी ओलीलाई अन्य भ्रष्टाचार काण्डमा आफु र आफ्ना कार्यकर्ता कसरी जोगाउने पिर छ । त्यस्तै, गौर हत्याकाण्डमा कसरी बच्ने भन्ने चिन्ता उपेन्द्र यादवलाई हुँदाहुदैँ ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिने डर माधन नेपाल र बाबुराम भट्टराईलाई छ । नेपाल र भट्टराईले प्रधानमन्त्री हुँदा ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गरी भ्ष्टाचार गरेको कुरा लुकेर लुक्दैँन ।
त्यसैले, अझै पनि जनताले यँही राजनीतिक दलबाट देश विकास हुन्छ, छिमेकी मुलुकले कब्जा गरेको नेपालको जमिन फिर्ता हुन्छ, विदेशी ऋण मिनाहा हुन्छ, विदेशी हस्ताक्षेप बन्द हुन्छ भनेर आशा गर्नु भनेर मरेको मान्छे जिउँदो हुनु बराबर हो ।
उनीहरु देश र जनताको लागि केही गर्न सक्दैँनन् तर दुई–तीन जना आफ्नो कार्यकर्ता अगाडि राखेर घण्टौं भाषण गर्न सक्छन् । यसरी सिद्धान्त, गन्तव्य र भिजन नै नभएका मानिसहरु राजनीतिमा आउँदा जनताको अवस्था त दयनीय भयो नै देशको स्थिति समेत नाजुक अवस्थामा पुग्यो ।