काठमाडौं, भदौ
काठमाडौं महानगरपालिकामा तीन विभागीय प्रमुखहरु हेरफेर भएका छन् । सूचना प्रविधि विभागका प्रमुख नमराज ढकाल खरिद एकाइ विभागमा आएका छन् भने खरिद एकाइ विभागका प्रमुख डा. शिवराज अधिकारी सार्वजनिक निजी साझेदारी एकाइमा सरुवा भएको महानगरले जनाएका छन् ।
त्यस्तै, सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेलाई सूचना प्रविधि विभागमा पठाइएको छ । ४२ महिना महानगरको सूचना प्रविधि विभागको जिम्मेवारी चलाएपछि ढकालको सरूवा भएको हो भने अधिकारी र काफ्लेको ६ महिनापछि जिम्मेवारी हेरफेर भएको हो ।