neapl investment mega bank
  • गृहपृष्ठ
  • राजनीतिक हस्तक्षेपका कारण सरकारी निकायप्रति अविश्वासः रवि लामिछाने

राजनीतिक हस्तक्षेपका कारण सरकारी निकायप्रति अविश्वासः रवि लामिछाने

Aug 8th, 2023

काठमाडौँ २३ साउन

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले राजनीतिक हस्तक्षेपका कारण सरकारी निकायप्रति अविश्वास पैदा भएको बताएका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सुन तस्करी प्रकरणको विषयमा सरकारी निकायबाट भइरहेको छानबिन र अनुसन्धानमा जनविश्वास नभएको बताएका हुन् ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुन प्रकरणको छानबिनबारे उनले भने, “यो २० दिनमा यो अनुसन्धानलाई प्रभावित हुने किसिमका कयौँ क्रियाकलापको निगरानी कसले गरिरहेको छ ? यसको जवाफ कसले दिन्छ ?” उनले सुन प्रकरणमा सत्तारूढ दलका नेताहरू संलग्न भएको आशङ्का भए उनहरू माथि पनि छानबिन गर्नुपर्ने माग गरे । बैठकमा उन संसद् अवरोध गरेर तीन दलबीच हुने छलफलबारे समेत असन्तुष्टि व्यक्त गरेका छन् ।