काठमाडौँ २१ साउन
बागमती प्रदेशले मन्त्रालय फुटाएर नेपाली काँग्रेसका रामकृष्ण चित्रकार उद्योग तथा सामान्य प्रशासन मन्त्री बनाएकाे छ ।
आइतबार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरेर थपिएको उद्योग तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी चित्रकारलाई दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्रोतले बताएको छ ।
मन्त्रालय टुक्राएसँगै बागमतीमा १२ मन्त्रालय पुगेको छ । काँग्रेसका पुकार महर्जनले सम्हालिरहेको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय फुटाएर चित्रकारलाई जिम्मेवारी दिइएको हो ।
चित्रकार काँग्रेसका संसदीय दलका उपनेता समेत रहेका चित्रकारले ७ जेठमा शपथ लिएका थिए । चित्रकार झण्डै साढे दुई महिना विना विभागीय थिए ।