neapl investment mega bank
  • गृहपृष्ठ
  • १ सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान सिआइबीले गर्ने

१ सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान सिआइबीले गर्ने

Aug 5th, 2023

काठमाडौ २० साउन

एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गर्न जिम्मेवारी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिआइबीलाई अनुसन्धानको निर्देशन दिएका हुुन् । प्रधानमन्त्री प्रचण्डले एक क्विन्टल सुन प्रकरणबारे बिहीबार साँझ रक्षामन्त्री, गृहमन्त्री, आईजीपी, सीआईबी प्रमुख र राजस्व अनुसन्धान विभागका महानिर्देशकसँग संयुक्त छलफल गरेका थिए ।

छलफलमा सुन तस्करी सङ्गठित अपराध र अन्तरदेशीय अपराध मात्रै नभएर आतङ्कवादी गतिविधिमा संलग्न गिरोहको समेत संलग्नता भएको हुनसक्ने र यसको बृहत् अनुसन्धान प्रहरीबाट हुँदा प्रभावकारी हुने सुझाव आएपछि सुन प्रकरणको अनुसन्धान गर्ने जिम्मा (सीआईबी)लाई दिन प्रधानमन्त्रीले विभागलाई निर्देशन दिएका थिए ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिएको अवस्थामा साउन ३ गते करिब १ सय किलो सुन बरामद भएको थियो । यस प्रकरणमा हालसम्म चिनियाँसहित १७ जना पक्राउ परेका छन् ।