neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बैठक बस्दै

प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बैठक बस्दै

Aug 3rd, 2023

काठमाडौैं, साउन १८

संवैधानिक परिषदको बैठक आज अपराह्न ५ बजे बस्दैछ । सर्वोच्च अदालतमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नका लागि आजको बैठक बस्न लागेको हो । मंगलबार बसेको पहिलो बैठक कुनै निष्कर्षमा पुग्न नसकेपछि आज पुनः बैठक बोलाइएको हो ।

हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको आगामी शनिवारदेखि कार्यकाल सकिने र सर्वोच्च अदालत कायम मुकायमको भरमा चल्ने अवस्था सिर्जना हुने भएपछि संवैधानिक परिषद् बैठक बस्न लागेको हो ।