neapl investment mega bank

अधिवक्ता भगवती पाण्डे पक्राउ

Aug 2nd, 2023

काठमाडौं, साउन १७

तामाङ र मगर समुदायबारे विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार टेलिभिजन अन्तर्वार्तामा क्रममा पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध तामाङ र मगर संघले दिएको उजुरीको आधारमा उनलाई आज पक्राउ गरिएको छ । 

आजै उनलाई पक्राउ गर्न माग गर्दै आङकाजी शेर्पाको नेतृत्वमा गएको समूहले प्रहरी परिसरको कार्यालय मा ढुंगामुडा गरेको थियो  ।