काठमाडौं, साउन १७
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको जनाएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८५० रुपैयाँ कायम छ ।
यस्तै, आज चाँदीको मूल्य समेत तोलामा १५ रुपैयाँ घटेको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँ कायम छ ।