neapl investment mega bank

घट्यो सुनको मूल्य

Jul 31st, 2023

काठमाडौं, साउन १५

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्यमा उक्त गिरावट आएको जानकारी दिएको हो ।

आज छापावाल सुनको मूल्य १ लाख १२ हजार ६०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ छ । 

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज तोलामा ५ रुपैयाँले घटेसँगै चाँदीको भाउ प्रतितोला १४ सय ५० रुपैयाँ कायम छ ।