neapl investment mega bank
  • गृहपृष्ठ
  • लायन्स क्लबहरुको सहयोग ह्याप्पी चिल्ड्रेन होमलाई

लायन्स क्लबहरुको सहयोग ह्याप्पी चिल्ड्रेन होमलाई

Jul 29th, 2023


लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जेका क्लबहरुले फर्पिङ सतिखेलमा रहेको ह्याप्पी चिल्ड्रेन होममा ४० हजार रुपैयाँ बराबरको सहयोग गरेका छन् । १४ वर्षदेखी सञ्चालनमा रहेको उक्त चिल्ड्रेन होममा खाद्यान्न अभाव रहेको थाहा पाएपछि
डिष्ट्रिक्ट ३२५ जे को रिजन १२, जोन ३ र ४ अन्तर्गत रहेका क्लबहरुले चामल, ग्याँस, चाउचाउ, बिस्कुट लगायतका खाद्यान्न र स्टेशनरी सामाग्रीहरु प्रदान गरेका हुन् ।

जोन चेयरपर्सन लायन रोशन कुमार श्रेष्ठले आगामी दिनहरुमा संस्थासंग मिलेर सांगितिक कार्यक्रम गरी ह्याप्पी चिल्ड्रेन होममा सहयोग गर्ने बताउनुभयो । रिजन चेयरपर्सन लायन सुनिता श्रेष्ठ, जोन चेयरपर्सनहरु लायन रोशन कुमार श्रेष्ठ, लायन बद्रीनाथ ढकालको सक्रियतामा ४० हजार बराबरको सहयोग गरिएको हो ।

यो कार्यमा लायन्स क्लब अफ काठमाडौं अटो नेपाल, लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्टर, लायन्स क्लब अफ काठमाडौं अटोमोबाइल, लायन्स क्लब काठमाडौं पिसफुल, लायन्स क्लब अफ काठमाडौं जामाचो, लायन्स क्लब अफ काठमाडौं बनस्थली, लायन्स क्लब अफ काठमाडौं न्यू इन्नोभेटिभ र जामाचो टोखा लियो क्लबको साथ थियो । आवश्यकता भएको स्थानमा सहयोग गर्ने लायन्स क्लबको उद्देश्य अनुरुप ह्याप्पी चिल्ड्रेन होमलाई सहयोग गरिएको रिजन चेयरपर्सन लायन सुनिता श्रेष्ठले बताइन् ।