ललितपुर, साउन १२
गोदावरी नगरपालिका-१२ ठेचोका सुकुम्वासीहरुलाई निस्सा वितरण गरिएको छ । भूमि आयोग जिल्ला समिति ललितपुरले गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र वडा १२ का अध्यक्ष जगत महर्जन, जिल्ला समन्वय समिति सदस्य शोभा केसीसहितको उपस्थितिमा ठेचोका पाँचजना भूमिहीन सुकुम्वासीहरुलाई निस्सा वितरण गरेको हो ।

सो अवसरमा नगरप्रमुख गजेन्द्र महर्जनले भूमि आयोगसँगको समन्वयमा नगरपालिकाभित्रका सबै सुकुम्वासीलाई निस्सा गर्दै आवश्यक प्रक्रिया पूरा गरी जग्गाको लालपुर्जा वितरण गर्ने बताए । भूमि आयोग ललितपुरले निस्सा वितरणलाई तीव्रताका साथ अगाडि बढाइरहेको भूमि आयोग जिल्ला समिति ललितपुरका संयोजक श्रीगोविन्द महर्जनले जनाए ।
