काठमाडौं, साउन १२
साताको अन्तिम कारोबार दिन शुक्रवार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ । छापावाला सुनको मूल्य आज ९ सय रुपैयाँले घट्दै १ लाख १२ हजार ६ सय रुपैयाँमा झरेको हो ।
यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ९ सय रुपैयाँले नै घट्दै १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता चाँदीको मूल्य पनि आज तोलामा ४० रुपैयाँले घट्दै १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।