ललितपुर । रेडियो नेपालको ४१ रोपनी ४ आना जग्गा प्राप्ति गर्ने कार्यमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई जटिलता उत्पन्न भएको छ । स्थानीयहरूले आज एक विरोध सभा गरेसँगै जग्गा नै नामसारी हुन नसक्ने जोखिम बढेको हो ।
शनिबार ललितपुरको रेडियो नेपालको जग्गामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य रोसनी कार्की, प्रदेश सभा सदस्यहरु प्रेमभक्त महर्जन, रघुनाथ महर्जन, नेकपा एमालेका ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, पूर्व सांसद धना खतिवडा, पूर्व वडा अध्यक्ष सुदर्शन मिश्र, वडा अध्यक्ष सुरेश बहादुर शाहीलगायतले विरोध जनाएका थिए ।
