काठमाडौं, साउन ४
प्रि–ओपन सेसनमा नेप्से सूचक ०.४६ विन्दुले बढेको छ । यससँगै सूचक २१६५.७० अंकमा आएको छ ।
३० लाख ४३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २३ कम्पनीको ६६ सय ६७ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ५८ वटा कारोबार भएको हो । १३ कम्पनीको मूल्य बढ्दा ८ वटाको भने घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।