ललितपुरको कुमारीपाटी स्थित निजी स्वामित्वको क्यास्पियन भ्याली कलेजले विज्ञान, व्यवस्थापन र मानविकीमा उच्च स्तरको शिक्षा प्रदान गर्दै आएको छ । यस विद्यालयमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत एमबीएसका कार्यक्रम पनि संचालित छ ।
क्यास्पियन भ्याली कलेजमा विश्व स्तरीय पूर्वाधार, सुविधासम्पन्न प्रयोगशालाहरू, र सीसी क्यामेरा र साउन्ड सिस्टम भएका फराकिलो कक्षाकोठाहरू छन्। यसले बहु जातीय र बहु सांस्कृतिक वातावरण सिर्जना गर्नमा दृढ विश्वास गर्दछ जसले विद्यार्थीहरूलाई विश्वव्यापी परिदृश्यहरूमा अनुकूलन गर्न तयार गर्दै सबै विद्यार्थीहरूलाई सकारात्मक सिकाइ वातावरण प्रदान गर्ने विद्यालयले जनाएको छ ।
क्यास्पियन भ्याली कलेजमा एसइइ वा समकक्ष परीक्षा आइसिएससि तथा सिविएससी पास गरेको कुनै पनि विद्यार्थीले भर्ना पाउँछन । भर्नाको लागि न्यूनतम आवश्यकताहरू पुरा गरेका विद्यार्थीलाई छात्रवृत्ति समेत उपलब्ध गराईन्छ । यसैविच यस हिमशिखा सेकेन्डरी विद्यालय रुकुमबाट उच्च अंकका साथ उतिर्ण भएका सन्देश सुवेदीले पुरै छात्रवृतिमा भर्ना पाएको वताउँछन ।