neapl investment mega bank
  • गृहपृष्ठ
  • मनाङ एयरको हेलिकोप्टर दुर्घटना, ६ जनाकै मृत्यु

मनाङ एयरको हेलिकोप्टर दुर्घटना, ६ जनाकै मृत्यु

Jul 11th, 2023

काठमाडौं, असार २६

मनाङ एयरको हेलिकोप्टर रुखमा ठोकिएर दुर्घटना भएको अवस्थामा भेटिएको छ । सोलुखुम्बुको लिखु पिके गाउँपालिका ५ र दूधकुन्ड नगरपालिका २ को सिमाना लाम्जुरापास डाँडास्थित एउटा रुखमा ठोकिएर उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त भेटिएको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाले बताए । 

सोलुखुम्बुबाट काठमाडौंका लागि उडान भरेको हेलिकोप्टर सर्केबाट सम्पर्कविहीन भएको थियो ।  दुर्घटनाग्रस्त हेलिकोप्टर खोज्न काठमाडौंबाट अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको थियो भने सोलुखुम्बुबाट नेपाल प्रहरीको टोली खटिएको थियो ।

सोलुखुम्बुको सुर्केबाट विहान ९ः५२ बजे काठमाडौं उडेको कल साइन (एनए–एमभी) भएको हेलिकोप्टर विहान १०ः१ बजे सम्पर्कविहीन भएको थियो । हेलिकोप्टरमा पाइटलसहित छ यात्रु सवार थिए ।

प्रहरी टोलीले घटनास्थललबाट पाँचवटा शव निकालेको छ । तर ती कसैको पनि शवको पहिचान हुन सकेको छैन । एकजनाको शव अझै भेटिएको छैन । हेलिकोप्टरमा सवार पाँच जना मेक्सिकन नागरिक हुन् ।