काठमाडौं, असार २१
सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुन आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन प्रतितोला १ लाख १० हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी तोलामा १५ रुपियाँले बढेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।