ललितपुर, असार २१
साझा यातायातले बिहीबार (आज) देखि ललितपुरका शहरउन्मुखसहित भित्रि शहरी क्षेत्रलाई काठमाडौं शहरसँग जोड्ने गरी नयाँ रुटमा बस सेवा थाल्ने भएको छ ।
साझाले ललितपुरको लेले–टीकाभैरव–चापागाउँ–थेचो–सुनाकोठी–लगनखेल–जवालाखेल–कुपन्डोल–त्रिपुरेश्वर– सुन्धारा–जमल–पुरानो बसपार्क (रत्नपार्क) रुटमा सेवा थाल्न लागेको हो ।
साझा यातायातले ४० वटा नयाँ बिजुली बस किनेपछि नयाँ रुटहरुमा सेवा विस्तार गरिरहेको छ ।