neapl investment mega bank
  • गृहपृष्ठ
  • दुई सय ५० रोपनी सार्वजनिक जग्गा हिनामिनामा संलग्न गोदाबरी नगरपालिका प्रमुख महर्जन विरुद्ध छानविन

दुई सय ५० रोपनी सार्वजनिक जग्गा हिनामिनामा संलग्न गोदाबरी नगरपालिका प्रमुख महर्जन विरुद्ध छानविन

Jul 5th, 2023

काठमाडौ २० असार

पदको दुरुपयोग गरेर आर्थिक लाभ हासिल गरी सार्वजनिक जग्गा नेपाल आर्ट भिलेजलाई व्यापारिक
प्रयोजनका लागि दिएको सम्बन्धमा उजुरी परेपछि गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जज विरुद्ध अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

अख्तियार स्रोतका अनुसार महर्जन विरुद्ध दुई सय ५० रोपनी सार्वजनिक जग्गा हिनामिनामा संलग्न भएको भन्दै विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

उजुरीकर्ता गोदावरी नागरिक सरोकार समूहका अनुसार संस्थालाई व्यावसायिक प्रयोजनका लागि लिजमा दिएको भनिए पनि नगर परिषद्, बोर्डले पारित गरेको देखिँदैन ।

त्यस्तै, नगरले संस्थासँग जग्गा दिन कुनै सम्झौतासमेत गरेको देखिँदैन । सो सार्वजनिक जग्गामा अहिले संस्थाले गोरेटो बनाउने, सम्याउने, संरचना बनाउने, सडक खन्नेलगायतको काम गरिरहेको छ बताइएको छ ।

सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्ने दायित्व स्थानीय तहको हो । सार्वजनिक सम्पत्ति लिजमा दिन केन्द्रीय सरकारको स्वीकृति लिनुपर्ने प्रावधान छ । तर नगरप्रमुख महर्जनले सार्वजानिक सम्पत्तिमा मनदाग्दी गरेका छन् । व्यापारीक संस्थालाई सार्वजनिक जग्गा दिई नगरप्रमुख महर्जनले अनियमितता र भ्रष्टाचार गरेकाले उनीमाथि सूक्ष्म ढंगले अनुसन्धान गरी कारबाही गर्न उजुरीकर्ताको आग्रह छ ।

सो संस्थाले आवासीय र औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । साथै, ६४ फिट अग्लो भैरवको मुकुट स्थापना गर्ने जनाएको छ । हस्तकलाको प्रदर्शनस्थल, भ्युटावर, रेस्टुराँ राख्ने योजनासमेत संस्थाको छ ।