neapl investment mega bank

ब्रोइलर कुखुराको मासुको मूल्य बढ्याे

Jul 5th, 2023

काठमाडौं, असार २०

बजारमा ब्रोइलर कुखुराको तयारी मासुको मूल्य बढेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य प्रतिकिलो १० रुपैयाँले बढाउने निर्णय गरेसँगै बजारमा मासुको मूल्य बढेको हो ।

अघिल्लो महिनासम्म ४ सय रूपैयाँमा उपलब्ध ब्रोइलर कुखुराको मासुको मूल्य अहिले बढेर ४ सय ७० रुपैयाँसम्म पुगेको काठमाडौं स्थित बल्खुका एक उपभोक्ताले बताएका छन् ।