ललितपुर ,असार १९
ललितपुर महानगरले घर घरमा पुगेर ज्येष्ठ नागरिक र अपाङगता भएकाहरुको स्वास्थ्य परीक्षण गरी स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ । महानगरमा बसोबास गर्ने ज्येष्ठ नागरिक र अपाङगता भएकाहरुले मुट, मिर्गौला र आँखाको परीक्षणको सुविधा पाउनेछन् ।
‘महानगरसँग ज्येष्ठ नागरिक’ नाम दिइएको उक्त कार्यक्रम अन्तर्गत घर-घरमा गएर ज्येष्ठ नागरिक र अपाङगता भएको स्वास्थ्य परीक्षण गरि आधारभूत औषधि निः शुल्क दिइन्छ । सत्तरी वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घर घरमा पुगेर साधारण र विशिष्ठ स्वास्थ्य सेवा उपलब्ध गराउने छ ।
स्वास्थ्य परीक्षण गर्न र स्वास्थ्य सेवा उपलब्ध गराउन नेपाल हृदय रोग निवारण, र नेपाल नेत्र ज्योति संघ (कीर्तिपुर आँखा अस्पताल)र ललितपुर महानगरबीच समझदारी पत्रमा हस्ताक्षरण भयो ।