neapl investment mega bank
  • गृहपृष्ठ
  • सामुदायिक वनमा शनिबार ३३ किलोको अजिंगर भेटियो

सामुदायिक वनमा शनिबार ३३ किलोको अजिंगर भेटियो

Jul 2nd, 2023

काठमाडौ १७ असार

मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरि गाउँपालिका-३ स्थित लामिटार सामुदायिक वनमा शनिबार ३३ किलोको अजिंगर फेला परेको छ।

अजिंगरले हाँडीखोलाको लामिटार जंगलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएका छन्।

‘अजिंगरले बोका मारेको जानकारी पाएपछि अजिंगरलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाएका हौं,’ स्थानीय श्यामबहादुर राईले भने।

लामिटारका लक्ष्मण राईले चराउन लगेको बोकालाई अजिंगरले आक्रमण गरेपछि स्थानीय युवाले नियन्त्रणमा लिएका थिए।

पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा भएपछि पहिलोपटक स्थानीय जंगलमा अजिंगर देखापरेको हो।