neapl investment mega bank
  • गृहपृष्ठ
  • निगमका पूर्व कार्यकारी निर्देशक खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर

निगमका पूर्व कार्यकारी निर्देशक खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर

Jun 30th, 2023

काठमाडौं, असार १५

विशेष अदालतले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। 

खड्कालाई एक वर्ष तीन महिना कैद सजाय तथा ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ जरिवाना र सोही बराबर बिगो तोकिएको छ ।

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले उनको घरजग्गादेखि बैंक मौज्दातसम्म जफत हुने फैसला गरेको हो ।

अख्तियारले २३ पुस ०७५ मा खड्काविरुद्ध मुद्दा चलाएको थियो। जसमाथि करिब पाँच वर्षपछि फैसला आएको हो ।