neapl investment mega bank
  • गृहपृष्ठ
  • सिम्ता गाउँपालिकाको प्राथमिकता पुर्वाधार र फलफूल खेती 

सिम्ता गाउँपालिकाको प्राथमिकता पुर्वाधार र फलफूल खेती 

Jun 26th, 2023

काठमाडाै‌, असार ११

पुर्वी सुर्खेतमा रहेको सिम्ता गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि बजेट ल्याएको छ । सिम्ता गाउँपालिका सुर्खेतको गाउँसभा १३ औं अधिवेशनले कुल बजेट ५८,१७,७०,७०,३५० विनियोजन गरेको छ । विनियोजित बजेटको चालु तर्फ रू  ३९,८९,०४,३५० र पुँजीगततर्फ रु. १८,१७,६६,०००/-  छुट्याइएको छ ।

गाउँसभा १३ औं अधिवेशन गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दको अध्यक्षतामा उद्घाटन भएको छ । उपाध्यक्ष गोमा शर्मा ( रेग्मी )ले विनियोजित बजेट प्रस्तुत गरेकी छिन् । सभामा विभिन्न विषयगत समितिका संयोजकहरूले आ-आफ्नो समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । गाउँ सभाको संचालन सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले गरेका छन् ।

सिम्ता गाउँपालिकाले यस वर्ष गौरवका आयोजनाहरु शहिद ऋषिस्मृति चक्रपथमा २ करोड र  शहिद ईन्द्र विसी द्रुतमार्गमा २ करोड   विनियोजन गर्दै  विशेष प्राथमिकतामा राखेको छ । गाउँपालिकाले वृहत फलफूल खेति कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ ।