ललितपुर ११ असार
ललितपुरको महालक्ष्मी नगरपालिकाको १ देखि ४ ले गरेको लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको जनचेतनामूलक कार्यक्रम गरियो , तर सो कार्यक्रममा सो नगरपालिकाका कुनै पनि जनप्रतिनिधि उपस्थित भएनन् । कार्यक्रममा बजेट पास तथा नगर सभाको बहाना बनाएर उपस्थित नभएको आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रममा ४ नं. वडा पूर्व अध्यक्ष नन्द नेउपाने, कार्यपालिका पूर्व सदस्य भक्तिमाया थापा, महेन्द्र आदर्श मा. वि.का प्रिन्सिपल एक नारायण भण्डारी, गम्भीर समुद्र सेतुका देवेन्द्र महर्जन, ग्लोवल एकाडेमीका रमेश कोइराला, महानगरी प्रहरी प्रभागका प्रहरी, पूर्व विद्यार्थीहरु र अभिभावकहरु, बाक्लो सहभागिता हुनुका साथै महेन्द्र आदर्श मा.वि.देखि कृष्ण मन्दिर, रातामकै, गनओपी मसला बाटो, सर्वश्वर महादेव, शंखबिर चोक, बोझेपोखरी हूदै गम्भीर समुद्र सेतु सम्म प्रभातफेरी गरेर टुङ्गिएको थियो ।