neapl investment mega bank
  • गृहपृष्ठ
  • आगामी आर्थिक वर्षका लागि ललितपुर महानगरपालिकाको ६ अर्ब ५० करोड रुपैयाँको बजेट

आगामी आर्थिक वर्षका लागि ललितपुर महानगरपालिकाको ६ अर्ब ५० करोड रुपैयाँको बजेट

Jun 25th, 2023

ललितपुर १० असार

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ५० करोड रुपैयाँको बजेट विनियोजना गरेको छ।

आइतबार आयोजित नगरसभामा महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ६ अर्ब ५० करोड रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन्। पुँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार, चालुतर्फ २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार प्राप्त हुने महानगरको अनुमान छ।

राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब प्राप्त हुनेछ।

साथै १० वटा महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड विनियोजन गरेको छ। महानगरले बजेटमा सडक पूर्वाधार र सम्पदामा जोड दिएको छ भने विपद व्यवस्थापन डिआरआर सव( सेन्टर स्थापना तथा संचालन, पाटन दरबार इलिमिनेसन प्रोजेक्ट(हरियाली) पार्क निर्माणमा पनि बजेट छुट्याएको छ ।