neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौ महानगरले छुट्यायो फोहरमैला व्यवस्थापनका लागि ८७ करोड ९३ लाख बजेट

काठमाडौ महानगरले छुट्यायो फोहरमैला व्यवस्थापनका लागि ८७ करोड ९३ लाख बजेट

Jun 25th, 2023

काठमाडौँ १० असार

फोहरमैला व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले ८७ करोड ९३ लाख बजेट छुट्याएको छ । आगामी आर्थिक वर्ष २०८० ०८१ का लागि नगरभित्रको फोहर व्यवस्थापनका लागि महानगरपालिकाले कूल ८७ करोड ९३ लाख रुपैयाँ बजेट छुट्याएको हो ।

आगामी आर्थिक वर्षभित्रमा फोहरमैला व्यवस्थापनको उपयुक्त विधि र प्रणालीसहितको कार्यक्रम सञ्चालन गर्नका लागि उक्त बजेट छुट्याएको महानगरले जनाएको छ ।

महानगरका अनुसार सरसफाइ कार्यमा प्रयोग हुने सवारी साधन एवं यन्त्र उपकरणको उपलब्धतामा कमी नहुने व्यवस्था गर्न त्यस्ता सवारी साधन र उपकरण खरिद गर्नका लागि मात्र २७ करोड रुपैयाँ विनियोजन गरिएको छ । उपमेयर सुनिता डंगोलले जानकारी दिइन् ।

महानगर क्षेत्रभित्रका नदीहरुको नियमित सरसफाइ गरी नदी किनार क्षेत्र समेतको संरक्षण कार्यक्रमलाई महानगर स्वर्णिम योजनाको रुपमा सञ्चालनका लागि ७ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन् ।