ललितपुर, असार १०
दलित समुदायलाई लक्षित गर्दै सचेतना तथा सशक्तिकरण सम्बन्धी तालिम सम्पन्न गर्ने आयोजन गरिएको छ। यसको आयोजकहरू ललितपुर महानगरपालिका १४ र संयोजन नेपाल दलित नेपाल हुन्। सभाध्यक्ष रूपमा नेपाल दलित महिला उत्थान केन्द्रकी अध्यक्ष मैना अछामी र प्रमुख अतिथिको रूपमा ललितपुर महानगरपालिका १४ का वडा अध्यक्ष अमृत जंग महत थिए।
यस तालिममा जिल्ला पशु कार्यालयका प्रमुख डा. राम प्रकाश प्रधान, उप रजिष्ट्रार सर्वोच्च अदालतका अधिवक्ता उदवीर नेपाली र दलित गैर सरकारी संस्था महासंघका महासचिव एकराज लकान्द्री जस्ता प्रमुख व्यक्तित्वहरूले सहजीकरण गरेका थिए। यस तालिममा ४५ जना सहभागिता रहेको छ ।
यस तालिमको मुख्य उद्देश्यले दलित समुदायलाई जातीय विभेद तथा छुवाछुतको सम्बन्धमा सचेतना तथा सशक्तिकरण गरेका छन् । संविधानमा जातीय छुवाछूत र भेदभाव अन्त्य भएको बताइरहँदा अझै पनि समाजमा भेदभाव अन्त्य भएको पाइदैन यसको अन्त्य कसरी गर्न सकिन्छ र कोही मान्छे आफै दलित हुदैन उसलाई दलित बनाइको हो यसको अन्त्य गर्न सबै एक जुट भएमा यसको अन्त्य हुने विषयमा छलफल भएको थियो ।
