neapl investment mega bank
  • गृहपृष्ठ
  • महिनाबारी हुँदा स्यानीटरी प्याडको विकल्प वुका पेन्टी

महिनाबारी हुँदा स्यानीटरी प्याडको विकल्प वुका पेन्टी

Jun 23rd, 2023

काठमाडौ ८ असार

महिलाहरुले महिनाबारी हुँदा प्रयोग गर्ने स्यानिटरी प्याडको विकल्पको रुपमा युकेको नम्बर वान ब्रान्ड वुका पेन्टी÷अण्डरवेयर नेपालमा पनि प्रचलनमा आएको छ । वुका पेन्टीकी डिस्टिब्युटर एलिजा राउतका अनुसार २०२२ मा सस्टीनेवल डेभलपमेन्ट ब्यापार युकेबाट पुरुस्कार समेत प्राप्त गरेको वुका पेन्टीले मासिक पिरेड हुँदा एक दिनमा २० एम. एल. सम्म ब्लड रोक्न सक्छ ।

नेपालको बजारमा यसको प्रयोग २० हजार प्रयोग कर्ता भएको वुका पेन्टी एक पटक प्रयोग गरेपछि पुन धोएर दोश्रो पटक प्रयोग गर्न मिल्ने नेपालकी वुका पेन्टी÷अण्डरवेयर डिस्टिब्युटरकी एलिजा राउत बताउछिन् । वुका पेन्टी÷अण्डरवेयर महिलाहरुका पिसाब चुहिने समस्या भएकाले प्रयोग गर्दा उपयुक्त हुने साथै महिलामा हुने सेतो पानी बग्ने समयमा लगाउदा झन उपयुक्त हुने बिक्रेता एलिजा राउतको भनाइ छ । उनका अनुसार बार्षिक दूई वटा पेन्टी÷अण्डरवेयर खरीद गरे दुर्र्इृ वर्ष सम्म पुग्ने स्वास्थ्यमा पनि राम्रो हुने र वातावरण जोगाउनमा मद्दत पुग्ने वुका पेन्टी÷अण्डरवेयर अनलाइन मार्फत १२ सयमा खरीद गर्न सकिन्छ ।

स्वास्थ्य र वातावरण जोगाउन नेपाल सरकारले बेलैमा ध्यान दिए आधा आकाश ढाक्ने महिलाहरुको स्वास्थ्य र वातावरण जोगाईं अबौं नेपाली रकम बाह्य मुलुक जानबाट जोगिने डिस्टिब्युटर राउतको भनाई छ ।

नेपाल सरकारको स्कूलहरुमा दश अर्ब बजेट विनियोजित गरेर स्यानीटर प्याड वितरण गरेको पाइन्छ । त्यस्मा पनि प्रत्येक पालिका अन्तर्गत कम टेण्डरमा कम गुणस्तरहीन प्लाष्टिकका स्यानीटरी प्याड खरीद गरी वितरण गर्दा महिलाहरुको स्वास्थ्यमा समस्या आउने, प्रयोग भैसकेको प्याड डिम्पोजल गर्ने भेण्डिङ्ग मेसिन अभावका कारण वातावरणमा समेत असर परेको एक वातावरणविद्को भनाई छ ।