neapl investment mega bank
  • गृहपृष्ठ
  • पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

Jun 22nd, 2023

काठमाडौं ७ असार

पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । उनले नेतृत्व विकासका लागि रास्वपा प्रवेश गरेको बताएका छन् । उन पार्टी प्रवेश गरेर स्वागत भएकै दिन रास्वपाको प्रशिक्षण विभाग प्रमुख भएका छन् ।

रास्वपाले प्रशिक्षण विभाग प्रमुखसहित पार्टीमा स्वागत गरेपछि भएको पत्रकार सम्मेलनमा शाहले आफूले करियर निर्माणमा सिकेको सीप, क्षमता र योग्यतालाई यो पार्टीमा प्रयोग गर्न पाउने भएपछि राजनीतिमा आएको बताए ।

आफूले ३०/३१ वर्षमा सिकेकोे सीप, क्षमता देखाउन यहाँ पाउछु भनेर सो पार्टीमा प्रवेश गरेको उनले बताए ।

उनले भने “आजै यो पार्टीमा प्रवेश गरेको भन्ने होइन । केही समयअगाडि नै म प्रवेश गरेको हुुँ । नेतृत्व विकासका लागि म यो पार्टीमा आएको हुँ,” ।