ललितपुर, असार ६
जिल्ला युवा समिति ललितपुरले लागुपदार्थ दुर्ब्यसन तथा साइबर क्राइम कार्यक्रमको आयोजना गरिएको छ। यो कार्यक्रमले लागुपदार्थ दृव्यसन र साइबर क्राइमका सम्बन्धमा जनसाधारणलाई सचेत गर्ने उद्देश्यले गरिएको हो।
यस कार्यक्रम ललितपुर महानगरपालिका २७ सुनाकोठी, बालकुमारी स्कुलमा भएको छ। यो कार्यक्रमका प्रमुख अतिथि बालकुमारी स्कुलका प्रध्यापक सूर्यकुमार राई र जिल्ला युवा समिति ललितपुरका अध्यक्ष जितेन्द्र महर्जनको सभाध्यक्षतामा भएको हो ।
लागुपदार्थ दृव्यसनका सम्बन्धमा प्रशिक्षक चापागाउँ प्रहरी निरीक्षक कर्ण बहादुर बोहरा प्रमुख वक्ता हुनुहुन्छ। उनले लागुपदार्थ दुर्ब्यसनका बारेमा सचेतना प्रदान गर्नुका साथै दुर्ब्यसनका प्रकार, असर, कारण र नियन्त्रण बारे जानकारी दिए ।
साइबर क्राइम सम्बन्धमा प्रशिक्षक अधिवक्ता सुरेशमान श्रेष्ठ र अधिवक्ता मिरा महर्जनले साइबर क्राइम सम्बन्धी सचेतना सहित प्रशिक्षण दिएका छन् ।
