neapl investment mega bank
  • गृहपृष्ठ
  • आजकाे माैसम: सातै प्रदेशमा वर्षाको सम्भावना

आजकाे माैसम: सातै प्रदेशमा वर्षाको सम्भावना

Jun 21st, 2023

काठमाडौं, असार ६

देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव तथा बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली  रही कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति भने कोशी , मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र देशको बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको पनि सम्भावना रहेको छ।