neapl investment mega bank
  • गृहपृष्ठ
  • १५ दिने व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न

१५ दिने व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न

Jun 20th, 2023


ललितपुर, असार ५

ललितपुरको त्यागलमा १५ दिने व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ । तालिम जेठ २० गते देखि सुरू भएको थियो। नेपाल भाषा मंकाः खलःका अध्यक्ष हिराकाजि महर्जनको सभापतिमा भएको हो ।

साे तालिम मंकाः खलः यलको आयोजनामा र ललितपुर महानगरपालिका ७ को सहयोगमा भएको थियो। प्रमुख अतिथि ललितपुर महानगरपालिका ७ का वडा अध्यक्ष कुल बहादुर महर्जन र प्रमुख प्रशिक्षक रमना बज्राचार्यको रहेको छ । २२ जनाले तालिम लिएका थिए ।