neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरका शाहसी युवा प्रकाश राज पाण्डे भोली देखि सात राष्ट्रको सगरमाथा चढ्ने

महालक्ष्मी नगरका शाहसी युवा प्रकाश राज पाण्डे भोली देखि सात राष्ट्रको सगरमाथा चढ्ने

Jun 20th, 2023

आधारभूमि असार ५, ललितपुर ।

महालक्ष्मी नगरपालिकाको वडा नं. २ निवासी ३२ बर्षीय शाहसी युवा प्रकाश राज पाण्डे भोली देखि रशिया लगायत सात राष्ट्रको सगरमाथा चढ्ने भएका छन् । निजले नेपालको मनासलु र एभरेष्ट, आइल्याण्डपिक एक पटक र स्काउपिक २ पटक गरी जम्मा ५ पटक सफल सगरमाथा आरोहण गरेका छन् ।

आज महालक्ष्मी नगरपालिका मेयर, उपमेयर, महालक्ष्मी नगरपालिकाका वडा अध्यक्षहरु २, ५, ७ र १० लगायत महालक्ष्मी नगरपालिका कर्मचारीहरुले पाण्डेका सगरमाथा सफल आरोहणकाे लागि शुभकामना दिएका थिए ।