neapl investment mega bank
  • गृहपृष्ठ
  • किन घोषणा गरियो समाजवादी मोर्चा? यस्ता छन् लक्ष्य

किन घोषणा गरियो समाजवादी मोर्चा? यस्ता छन् लक्ष्य

Jun 19th, 2023

काठमाडौं ४ असार

चार राजनीतिक दलको समाजवादी मोर्चा घोषणा भएको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चा घोषणा भएको हो ।

मोर्चाको सचिवालयमा चार पार्टीका अध्यक्ष रहने र उनीहरुले आवश्यकताअनुसार अरु नेतालाई जिम्मेवारी तोक्न सक्ने गरी मोर्चाको संगठनात्मक ढाँचा तयार भएको छ ।

मोर्चाले हासिल गर्ने लक्ष्य यस्ता छन्

– समाजवादको नेपाली बाटो तय गर्ने ।
– विभेदको अन्त्य गर्ने, त्यसका लागि जनदबाब सृजना गर्ने ।
– पिछडिएको क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने ।
–राजनीतिक, आर्थिक र सांस्कृतिक रुपमा पछाडि पारिएका सिमान्तकृत समुदायका अधिकार प्रत्याभूत गराउने ।
–समावेसी समाज निर्माण गर्ने ।
–समाजवादी अर्थ प्रणाली लागु गर्ने ।
–प्रगतिशील कर प्रणाली लागु गर्ने ।
–स्रोतको समन्यायिक वितरण गर्ने ।
–वैदेशिक रोजगारबाट फर्किएकालाई देशमा लगानीका लागि प्रोत्साहन गर्ने ।
–लगानी बढाउन तीनवटै तहका सरकारलाई क्रियाशील गर्ने ।
–कृषि क्रान्तिमार्फत कृषिमा आधारित नागरिकलाई सम्पन्न बनाउने ।
–आवाससहितमा नागरिकको पहुँच पु¥याउने
–आधारभूत स्वास्थ्य सेवा निःशुल्क गराउने ।
–जैविक विविधता र पर्यावरण संरक्षण गर्ने ।
–शासकीय सुधार गर्दै भ्रष्टाचार, कुशासन अन्त्य गर्दै सुशासन कायम गर्ने ।
–संघीयता कार्यान्वयनका लागि तीन तहका सरकारको क्षेत्राधिकार स्पष्ट पार्ने ।
–प्रदेश र स्थानीय तहलाई सक्षम बनाउन काम गर्ने ।
–राष्ट्रहितका लागि स्वतन्त्र र असंलग्न परराष्ट्र नीति लागु गर्ने ।