neapl investment mega bank
  • गृहपृष्ठ
  • मनसुनको प्रभावः कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनको प्रभावः कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

Jun 18th, 2023

काठमाडौ ३ असार

हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनको प्रभाव रहेको भने बाँकी भू(भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेश देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशको एक(दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेशको थोरै र कर्णाली प्रदेश पहाडी भू(भागका एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।अहिले संखुवासभा, पाँचथरको फिदीम र जुम्लातिर हल्का पानी परिरहेको मोसमविद् रोजन लामिछानेले जानकारी दिए।

आज कोशी र गण्डकी प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा, कोशी प्रदेशका तराई भू(भागका साथै देशका बाँकी पहाडी भू(भागका थोरै स्थानहरुमा र देशका बाँकी तराई भू(भागका एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।