काठमाडाैं । वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा शुक्रवार दिउँसो ३ बजे प्रस्तुत हुँदैछ। बजेट प्रस्तुतका लागि सबै तयारी पूरा भएको प्रदेश सरकारले जनाएको छ।
वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले प्रस्तुत गर्ने कार्यसूची छ।
मन्त्री लामाले आर्थिक वर्ष २०८०/०८१ को राजस्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गर्ने गरी प्रदेशसभा बैठकको सम्भावित कार्यसूची तय भएको छ।
प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ विनियोजन गरेको थियो। तर आगामी आवको बजेटको आकार चालु आवको भन्दा घट्ने देखिएको छ।