ललितपुर १,असार
ललितपुरको गोदावरी कुण्ड देखि उत्तर तिर बग्ने धार्मिक नदी गोदावरी खोलामा कोरिडोर निर्माण गरिंदै छ । बागमती सभ्यता एकीकरण आयोजनाले गर्ने लुभु पुलको डनबोस्को देखि मध्यपुरको ठिमी हनुमन्ते खोला सम्म दायाँ बाँया डेढ डेढ किलोमिटरको हुने छ । महालक्ष्मी नगर पालिका संस्थापक रहने गरी कोरिडोरको निर्माण गर्न लागिएको आज ललितपुरमा आयोजित सार्वजनिक सुनुवाईमा कार्यक्रममा जानकारी गराइयो ।
त्यस्तै, कर्मनासा कोरिडोरको पनि हात्तीवन देखि बालकुमारी कोरिडोर निर्माणको काम शुरु भैसकेको छ । यसको लागि डनबोस्को पुल देखि गोदावरी कुण्ड सम्म पनि टेण्डर भैसकेको महालक्ष्मी नगपालिका मेयर हरिगोविन्द श्रेष्ठले बताए । कोरिडोर निर्माणले ट्राफिक जाम कम हुने उनले बताए ।
नगरपालिकाका वातावण शाखा प्रमुख धिरज खड्काले कोरिडोरको चौडाइ दाँया बाँया १०÷१० मिटरको हुने दाँया बाँया बृक्षारोपण गरिने बताए । तर स्थानीय जनताले भने गोदावरी खोलाको दाँया बाँयाका जग्गा धनीका कोरिडोर २१, ३०, हाल साविकको नियम अनुसार कुन आधारमा बनाउने अवधारण नभएकोले कम जग्गा हुने सुकुम्बासी हुने भन्दै विरोध जनाएका छन् । स्पष्ट अवधारणा नभएकोले कोरिडोर बन्ने सम्भावना न्यून भएको स्थानीयको भनाई छ ।
कार्यक्रममा महालक्ष्मी नगरपालिका उपमेयर लक्ष्मी श्रेष्ठ लगायत ५,७, ८,९ का वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको उपस्थिति रहेका थिए ।