ललितपुर, जेठ ३२
ललितपुर महानगर २६ स्थित जैनखेलमा पार्क निर्माण हुने भएको छ । बिहीबार पार्क डिजाइनका सन्दर्भमा सुझाव संकलन गर्न सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको थियो ।
ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले ‘ग्रीन एण्ड ब्लू प्रोजेक्ट’ मा केन्द्रित भएर काम गरिरहेको बताए । सडक, ढल निर्माण नियमित प्रक्रिया भएको बताउँदै पार्क निर्माण आगाडि आर्थिक वर्षबाट सुरु गर्ने बताए ।
वडा २६ का अध्यक्ष सुरेश महर्जनले पार्क निर्माणले वडा २६ को परिचयलाई फराकिलो बनाउने बताए । ठेकेदारको कारण सडक कालोपत्रे समयमा हुन नसकेको उनीहरुले प्रष्ट पारे ।