काठमाडौं, जेठ ३२
प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५१ अंकले बढेको छ । यससँगै सूचक २०४०.५७ विन्दुमा आएको छ ।
३० लाख ८८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २४ कम्पनीको ७ हजार ३ सय कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ३२ वटा कारोबार भएको छ । १९ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।