neapl investment mega bank
  • गृहपृष्ठ
  • रिद्धि सिद्धि यातायातको मनपरी ढङ्गले सञ्चालनमा

रिद्धि सिद्धि यातायातको मनपरी ढङ्गले सञ्चालनमा

Jun 12th, 2023

आधारभूमि जेठ २९ ।
ललितपुर महानगरको वडा नं. ९ बाट संचालन भएको रिद्धि सिद्धि यातायातले मनपरी ढङ्गले सवारी चलाउदा सिद्धिपुर, इमाडोल, ग्वार्को, कोटेश्वर, बानेश्वर, बबरमहल हदै रत्नपार्क सम्म यात्रा गर्ने यात्रुहरु निक्कै अप्ठ्यारोमा परेका छन् ।

सो रिद्धि सिद्धि यातायातले यात्रुको सुरक्षामा ध्यान नदिई विना बस स्टप जता पायो त्यतै रोक्ने, गाडी नरोकी यात्रु चढाउने र ओराल्ने कारण यात्रु असुरक्षित भएको दैनिक यात्रा गर्ने यात्रुले बताए ।