neapl investment mega bank
  • गृहपृष्ठ
  • मालपोत कार्यालका दुई खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत कार्यालका दुई खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा

Jun 12th, 2023

काठमाडौं, जेठ २९

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मालपोत कार्यालय बारामा कार्यरत खरिदार रामविश्वास साह र गौरीशंकर कुमार कुशवाहाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

जग्गा रजिष्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग १५ हजार घुस लिएको पुष्टि भएकाले साह र कुशवाहाविरुद्ध  विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाालले जानकारी दिए।

केही दिनअघि आयोगको टोलीले  खरिदार साह र कुशवाहालाई १५ हजार घुससहित नियन्त्रणमा लिएको थियो। उनीहरूविरुद्ध भ्रष्टाचार ऐन २०५९ को दफा ३ को उपदफा (१) वमोजिम जरिवाना र सजाय माग दावी गरिएको छ।